काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिना (भदौ)मा ५ अर्ब ५० करोड बराबरको सुन आयात भएको छ ।
भन्सार विभागका तथ्यांक अनुसार भदौमा स्वीजरलेण्ड, टर्की, संयुक्त अरव इमिरेट लगायतका देशबाट सो रकम बराबरको सुन आयात भएको हो ।
विभागका अनुसार ३ अर्ब ६५ करोडकाे परिष्कृत र १ अर्ब ७८ करोड रुपैयाँ बराबरको अपरिष्कृत सुन नेपाल भित्रिएको हो । ६ करोड ५४ लाख रुपैयाँ बराबरको सुनका गरगहना नेपाल भित्रिएको विभागले जनाएको छ ।
उक्त मात्रामा सुन आयातबाट ५५ करोड रुपैयाँ बढी राजस्व थपिएको छ ।
FACEBOOK COMMENTS