काठमाडौं । नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा आएको पाइएको छ ।
अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८र७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९।०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।
२०७८ असार मसान्तसम्म २५।२३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएको हो ।
वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक जोड्दा भने बीमाको आएको जनसंखया २०७९ असारसम्म ४२।०३ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
२०७८ असार मसान्तसम्म वैदेशिक रोजगार बीमालेखसहित २७।५३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।
एक वर्षमा १ खर्ब ७७ अर्ब प्रिमियम संकलन
बीमाको दायरामा आउने जनसंख्यासँगै बीमा प्रिमियम संकलन समेत हरेक वर्ष वृद्धि भइरहेको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८र७९ मा मात्र बीमा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् ।
यो आर्थिक वर्ष २०७७र७८ को तुलनामा १६।३ प्रतिशत बढी हो । सो आवमा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको थियो ।
कुल प्रिमियम संकलन नेपालको कुल गार्हस्थ उत्पादनको ३।७ प्रतिशत हो । यो आवमा नेपालको जीडीपी ४८ खर्ब माथि पुगेको छ ।
FACEBOOK COMMENTS