काठमाडाैं । बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ ।
बैंकको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को लागि लाभांश घोषणा गरेकाे हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभाश दिने प्रस्ताव गरेको बैंकले जनाएकाे छ । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ।
FACEBOOK COMMENTS