काठमाडाैं । एनआईसी एसिया बैंकको संचालक पदमा केशवप्रसाद लम्साल चयन भएका छन्। बैंकको कार्तिक २ गते बसेको संचालक समितिको बैठकले लम्साललाई संचालक चयन गरेको हो।
बैंकका सञ्चालक निकुञ्ज अग्रवालले कार्तिक १ मा व्यक्तिगत कारण दर्शाई सञ्चालक पदवाट राजिनामा दिएकोमा बैंकको कार्तिक २ मा बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ। साथै बैठकले निकुञ्ज अग्रवालको पदावधिको बाँकि अवधिको लागि लम्साललाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको छ ।
लम्साललाई सर्वसाधारण शेयरधनी समुहबाट बैंकले संचालक चयन गरेको हो।
FACEBOOK COMMENTS