काठमाडाैं । नबिल इन्भेष्टमेन्टले आफ्नो खुलामुखी म्युचुफल फण्डको इकाई कार्तिक २३ गतेदेखि बिक्रि गर्ने भएको छ । नबिल इन्भेष्टमेन्टले नबिल फ्लेक्सी क्याप फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु कार्तिक २३ गतेदेखि सर्वसाधारणलाई बिक्रि खुला गर्ने भएको हो ।
नबिल फ्लेक्सी क्याप फण्डको आकार ७५ करोडको रहेको छ। नबिल फ्लेक्सी क्याप फण्डले ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये सर्बसाधारणलाई ६ करोड ३५ लाख ५० हजार इकाई छुट्याईएको छ । बाँकि रहेको इकाईहरु कोष प्रबर्दक नबिल बैंक र योजना ब्यबस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याईएको छ । सर्बसाधारणलाई छुट्याईएको ६ करोड ३५ लाख ५० हजार मध्ये मध्ये पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्न लागिएको हो ।
यस निष्काशनमा न्युनतम १०० कित्ता र अधिकतम ७५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा कार्तिक २७ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा मङ्सिर ७ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले भदौ २७ गते फण्डलाई अनुमति प्रदान गरेको थियो ।
खुलामुखी योजनाको कुनै निश्चित अवधि हुदैन । साथै नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन ।
हालसम्म नेपालमा ५ वटा खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा छन् । यो बजारमा आउने छैठौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल र लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्।
FACEBOOK COMMENTS