काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिना (साउन र भदौ) मा नेपालमा भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । गएको वर्षको साउन र भदौको तुलनामा यस वर्षको उक्त महिनामा रेमिट्यान्स १९.८ प्रतिशतले बढेको हो ।
चालु आवको साउन र भदौमा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यसरी नेपाल भित्रने रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो ।
रेमिट्यान्ससँगै अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि ११.३ प्रतिशतले वृद्धि भएको छ । चालु आवको दुइ महिनामा कुल १ अर्ब ४७ करोड रुपैयाँ बराबर अमेरिकी डलर नेपाल भित्रिएको हो ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
FACEBOOK COMMENTS