काठमाडौं । साझा यातायातका विद्युतीय बसहरु केरुङ नाका आइपुगेका छन् ।
साझाका ४० विद्युतीय बसमध्ये यसअघि तीनवटा काठमाडौं ल्याइएको थियो भने अहिले ती बसहरु सञ्चालनमा रहेका छन् । बाँकी ३७ वटा विद्युतीय बसहरु केरुङ नाका हुँदै काठमाडौँतर्फ हिँडिसकेको साझाले जनाएको छ ।
यी बसहरु ल्याउनमा नेपालमा रहेको कम्पनी दिगोले साझा यातायातसँग स्थानीय तहमा सहकार्य गरेको कम्पनीले जनाएको छ। विद्युतीय गाडीहरुका साथ दिगोले इकोसिस्टमसँग सम्बन्धित ब्याट्री, रेट्रो(फिटिंग, चार्जिंग स्टेशन, सर्विसिंग इत्यदि जस्ता सेवाहरु पनि प्रदान गर्दै आएका र यो बढ्दो क्रममा नै रहेको जनाएको छ ।
चीनको प्रचलित कम्पनी सीएचटीसीद्वारा निर्मित यी बसहरुको उच्च गुणस्तरले काठमाडौँ बासीहरुलाई एउटा नयाँ आरामदायक अनुभव दिने छ भन्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
नयाँ शुरुवातले काठमाडौँमा मात्र नभइ नेपालभरिनै सबैको जागरुकताले यस्तो प्रदुषण मुक्त, आरामदायी र देशको आर्थिक अवस्थामा सकारात्मक बदलाव ल्याउने सार्वजनिक यातायातको वृद्धि हुने विश्वास लिएको साझाले जनाएको छ ।
FACEBOOK COMMENTS