काठमाडाैं । पश्चिम नेपालमा भुकम्पकाे धक्का महशुस भएकाे छ । मंगलबार राति करिब ९:७ बजे तिर पश्चिम नेपालकाे डडेलधुरा, बझाङ, महेन्द्रनगर, डाेटि, दैलेख अछाम लगायत स्थानमा कम्पन महशुस भएकाे हाे ।
कम्पनसँगै मानिसहरू घर छाेडेर बाहिर निस्किएका थिए ।
भुकम्पकाे केन्द्रविन्दु दैलेखमा रहेकाे र साे भुकम्प ४ दशमलव ७ म्याग्निच्युटकाे रहेकाे जनाइएकाे छ । कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाहरूमा कम्पन महशुस भएकाे थियाे ।
घटनाकाे विस्तृत विवरण अाउन बाँकी रहेकाे छ ।
FACEBOOK COMMENTS