काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सूर्यबहादुर लिम्बु (सुर्य मादेन) ले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको सार्वजनिक गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुम प्रदेशसभा (क) मा उम्मेदवारी दिएका मादनेले लोकतान्त्रिक बाम गठबन्धनका प्रदेशसभा (क) का साझा उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको बताए । जनताको संघीय लोकतान्त्रिक संविधानलाई रक्षा गर्नका साथै निश्चित मूल्य मान्यता र मापदण्डको आधारमा बनेको गठबन्धनलाई समर्थन गर्न उम्मेदवारी निष्क्रिय गरेको विज्ञेप्तीमा जनाइएको छ ।
विज्ञप्ति सार्वजनिक सँगै उनले समर्थन गरेका सुब्बा सँगै हात मिलाएर अभियानमा साथ दिएका छन् । एक स्वतन्त्र सहित ९ जनाको प्रदेशसभामा उम्मेदवारी रहेको तेह्रथुमको प्रदेशसभा (क) मा मादेनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेपछि ८ जना चुनावी मैदानमा छन् ।
FACEBOOK COMMENTS