काठमाडौँ । बारा क्षेत्र नं.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो ।
नेपाली काँग्रेसका सह महामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उम्मेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि काँग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो ।
यता एमाले भने मतगणना सुचारु गर्न सबैलाई आग्रह गर्दै मतगणना बिथोल्न खोज्ने घेरा वार तोडफोड गर्नलाई तत्काल खोजिगरी कारबाही हुनुपर्ने माग गरेको नेकपा एमाले नेता भरत बहादुर भण्डारीले बताए । उनले सत्ता र शक्तिको दुरुपयोग गर्ने अधिकार कोही कसैलाई नभएको र तत्काल मतगणना सुचारु गराउन आग्रह गर्दा समेत सुरु नभएको बताए ।
यसअघि बसेको सर्वदलीय निर्णय अनुसार दुई वा सो भन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि अहिले उनीहरूले सम्बन्धित पालिकाको वडा वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेका हुन् ।
यता नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसार नै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुँदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए ।
प्रतिनिधिसभाको मतगणना रोकिए पनि प्रदेशसभाको मतगणना भने जारी छ ।
FACEBOOK COMMENTS