काठमाडौँ । सर्लाही– २ बाट नेपाल समाजबादी पार्टीका महिन्द्र राय यादव निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक समाजबादी पार्टीका राजेन्द्र महतोलाई पछि पार्दै बिजयी भएका हुन् ।
हाल माओवादी केन्द्रबाट प्रतिस्पर्धा गरिरहेका महेन्द्र राय यादवले मतगणना नसकिँदै बिजयी निकालेका हुन् । सो क्षेत्रमा गणना गर्न बाँकी ८ सय ८९ मत रहँदा यादवले २२ हजार ६ सय ४१ मत पाएका छन् । महतोले भने २० हजार १ सय ६२ मतसहित उनलाई पछ्याइरहेका छन्। यादवले महतोलाई २ हजार ४ सय ७९ को मत अन्तर अग्रता गरेका छन् ।
बाँकी गन्न बाँकी मत महतोले लगे पनि यादवकै बिजयी हुने पक्का छ । यादवको जितको औपचारिक घोषणा हुन बाँकी छ ।
FACEBOOK COMMENTS