काठमाडौं । कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको एनसीसी बैंकको शेयर कारोबार फुकुवा भएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर १२ गतेको निर्णय अनुसार एनसीसी बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस सँगै अब मंगलबारबाट बैंकको शेयर कारोबार गर्न सकिने भएको छ ।
नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ुधितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ु बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।
यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।
सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका सेन्चुरी बैंक, साना किसान विकास लघुवित्त, आरएमडिसी लघुवित्त, कुमारी बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, सिभिल बैंकको शेयर कारोबार फुकुवा भईसकेको छ ।
FACEBOOK COMMENTS