काठमाडाैं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ ।
शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु थियो । मेटलाइफका सञ्चालन प्रमुख श्री देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने “देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपुर्ण छ ।“
५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको, मेटलाइफले हालै १० लाख भन्दा बढी मानिसहरुलाई जीवन बीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ ।
मेटलाइफले ३१६ करोड भन्दा बढी दावीहरू भुक्तानी गरेको छ र ४५,००० भन्दा बढी जनशक्ति विस्तार गरेको छ । यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरू मार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ । मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ ।’
FACEBOOK COMMENTS