काठमाडौं । कुमारी बैंकले २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिनुपर्ने बैंकको भनाई छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS