काठमाडाैं । चितवन र हेटाैडाका अटाेमाेबाइल्स ब्यवसायीहरू आन्दोनमा उत्रिएका छन् । नाडाको संस्थागत सदस्य बागमति प्रदेश अन्तर्गत रहेका चितवन अटोमोवाइल्स एशोसिएशन र हेटौडा अटोमोवाइल्स एशोसिएशनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक विरुद्ध धर्ना कार्यक्रमको आयोजना गरेका हुन् ।
उनीहरुले लायन्स चौक नारायण्गढ र बुद्धचौक, हेटौडामा सरकारको विरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले मौद्रिक नीति परिमार्जन गर, चालू पूँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देउ, जसले कर तिरेको छ उसलाई पेल्ने र हेप्ने रु, ५० प्रतिशत नगद मार्जिन व्यवस्था गर लेखिएको प्लेकार्डहरु बोकेर धर्नामा उत्रिएका हुन ।
यसअघि काठमाडौंको माइतीघर, विराटनगर, धनुष लगायतका स्थानमा अटो ब्यवसायीहरुले आन्दोलन तथा प्रदर्शन गरिसकेका छन् ।
अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अटो ब्यवसायीहरु आन्दोलित भएका छन् ।
FACEBOOK COMMENTS