काठमाडौं । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगतयतले गठबन्धन गरेर सरकार बनाउने तयारी गरेका छन् । जसकालागि शुक्रबार यी दुइ पार्टीबीच छलफल नै भएकाे छ ।
रास्वपाका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेटमा गएर यसबारे छलपल गरेका हुन् । छलफलमा सरकार गठनबारे कुरा भएकाे एमाले केन्द्रिय नेताले बताए ।
उनका अनुसार रास्वपाकाे भित्रि इच्छा पनि सरकारमा जाने नै रहेकाे छ । उनले भने, ‘रास्वपाकाे इच्छा सरकारमा जाने नै हाे । रविजीले घुमाउराे पारामा सरकारमा जाने संकेत िदएका छन् ।’
छलफलमा सभापति लामिछानेले रास्वपाकाे मुद्दा सम्बोधन गर्नेलाइ सरकार गठनमा साथ दिने धारणा व्यक्त गरेका थिए।
एमाले र रास्वपाबीच समिकरण भएमा सरकार बनाउन अन्य साना दल र स्वतन्त्रहरूकाे पनि साथ चाहिन्छ । उनिहरूले कांग्रेस, नेकपा एस र माओवादीलाइ प्रतिपक्षमा राखेर सरकार बनाउने तयारी गरिरहेकाे रास्वपाकै एक नेताले बताएका छन् ।
तर, त्यसका लागि अन्य साना दलहरूकाे चित्त बुझाउनु पर्ने हुन्छ ।
FACEBOOK COMMENTS