काठमाडौँ । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ । मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ ।
हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताउनुभयो। उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका लागि दैनिक अनुगमन गर्नुको विकल्प नभएको लामिछानेले बताउनुभयो।
विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन्। हिउँदे सिजनको वर्षा नभएकाले पनि नेपालमा वायु प्रदूषण उच्च बनेको हो। लामिछानेले भने, “पाकिस्तानदेखि बङ्गलादेशको ढाकासम्म फैलिएको गङ्गातटीय क्षेत्रमा वायु प्रदूषण उच्च छ, त्यसको असर नेपालको तराई भेगमा बढी छ भने काठमाडौँसम्म पनि प्रदूषित वायु आइपुगेको छ ।” भारतका विभिन्न क्षेत्रमा नयाँ खेतीबाली सुरु गर्न लगाइएको आगो र मौसम परिवर्तनसँगै बढेको सुक्खा हावाले नेपालको वायु प्रदूषणलाई थप मलजल गरेको छ।
पछिल्लो समयको वायु प्रदूषणको उच्चतामा भने बढ्दै गएको चिसोले टेवा दिइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार तापक्रम चिसिएसँगै जमिनको नजिक रहेको वायु पनि चिसिन्छ। जसकारण त्यही चिसो वायुसँगै प्रदूषणका कण तल्लो वायुमण्डलमै मडारिइरहन्छ ।
आकाशमाथि प्रदूषित वायु जान नसकेपछि त्यो तुवाँलो बनेर आकाशमण्डलमा रहिरहँदा धर्तीमा बहने हावामा स्वच्छता कम हुँदै जान्छ। मौसमको अर्को कारणमा पश्चिमी वायु सक्रिय रहेकाले त्यो वायु पूर्वबाट आउनेभन्दा तल्लो वायुमण्डलबाट आउने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS