काठमाडौं । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड १४ लाख ६ हजार रुपैयाँ तलब, भत्ता दिएको छ ।
बैंकले गत आर्थिक वर्षमा सीईओलाई २ करोड १४ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै बैंकले अन्य प्रमुख व्यवस्थापकहरुलाई ४ करोड ६१ लाख १ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकका अनुसार गत वर्ष माघ ११ गतेसम्म भुवन कुमार दाहाल सीईओ रहेका थिए भने माघ १२ गते निश्चल राज पाण्डे सीईओ भएका हुन् ।
बैंकले संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १३ हजार र संचालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ दिने गरेको छ । यो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेट आदि सेवाका निमित्त प्रति सदस्य मासिक १२ हजार रुपैयाँ दिने गरेको छ ।
बैंकले संचालक समितिका सदस्यहरुलाई आव २०७८र७९ मा बैठक भत्ता बापत जम्मा ३५ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
FACEBOOK COMMENTS