काठमाडौं। युनाइटेड इन्स्योरेन्सले पुस २७ गते वार्षिक साधारणसभा गर्ने भएको छ।
सभा काठमाडौं शंखमुलको अनमोल ब्यांकेटमा हुँदैछ। कम्पनीले ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारणसभामा लैजाँदैछ। कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने छ। ५ प्रतिशत वितरणपछि चुक्ता पुँजी ५ करोड १४ लाख रुपैयाँले बढ्ने छ।
सभाले बाँकी सामान्य प्रस्तावहरु बारे छलफल गर्दैछ। वार्षिक प्रतिवेदन, वासलात र नाफा नोक्सन र लेखापरीक्षण सम्बन्धि प्रस्तावहरु उपर सभाले निर्यण गर्नेछ।
सभा र लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्दैछ। बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।
FACEBOOK COMMENTS