काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । आज ५.८९ अंकले घटेर परिसुचक १८६७.२२ को विन्दुमा झरेको छ ।
यसदिन परिसुचक घटेपनि ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आँघिखोला लघुवित्त, श्रजना लघुवित्त र इष्टर्न हाइड्रोपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बुधबार आँघिखोला, श्रजना र इष्टर्नको सेयर मूल्य क्रमश १०, ९.९९, ९.९८ प्रतिशतले बढेको छ । यस्तै, घलेम्दी हाईड्रोको सेयर मूल्य ९.१४ पतिशतले बढेको छ ।
आज २५२ वटा कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेचबाट कुल ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
काराेबार भएकामध्ये ७८ वटा कम्पनीकाे सेयर मूल्य बढेकाे तथा १५६ कम्पनीकाे मूल्य घटेकाे छ ।
बुधबारको बजारमा १३ उपसमूहमध्ये बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ । त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
FACEBOOK COMMENTS