काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेश सरकारले सहकारी संघ संस्थाहरुलाई नयाँ निर्देशन जारी गरेको छ ।
बुधबार मन्त्रालयले ३ बुँदे निर्देशन गर्दै नियमित रुपमा वार्षिक साधारण सभा नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाएको जनाएको छ ।
त्यस्तै सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न पनि निर्देशन जारी गरेको छ । केही सहकारी संस्थाहरुले आफूखुसी कार्यालय बन्द गरेको गुनासो आएपछि मन्त्रालयले सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न निर्देशन जारी गरेको जनाएकाे छ ।
त्यस्तै मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाहरुले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको पाइएको भन्दै प्रचलित सहकारी ऐन, नियममा भएको व्यवस्था बमोजिम आफ्नो कारोबारको अनुपात मिलाउन निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS