काठमाडौं । सदा झैँ यस वर्ष पनि नेपाली टोपी दिवस भव्यताका साथ मनाइने भएको छ ।
नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाइन थालेको हो ।
ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग जागरुक युवा अभियान नेपालले माग गरेको थियो । ‘नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरू पनि छन् । त्यसैले ती टोपीहरूको संरक्षण र प्रवर्द्धनका ध्यान दिन पनि सरकारसँग माग माग गर्दछौँ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS