काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुचचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको थियो । आइतबार १५ रुपपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS