काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सबै आन्तरिक उडानका हवाइ भाडा पनि घट्ने भएको छ ।
हवाइ इन्धनको मूल्यमा २० रुपैंयाले गिरावट आएसँगै बुधबारदेखि लागू हुने गरी एयरलायन्सहरुले हवाइ भाडा घटाउन लागेका हुन् । हाल काठमाडौँदेखि भद्रपुरसम्म प्रतियात्रु छ हजार ५२० भाडादर कायम भएकोमा अब घटेर पाँच हजार ८३५, विराटनगरसम्म पाँच हजार ७०५ कायम रहेकोमा ५१०५, जनकपुरसम्म दुई हजार ४४५ कायम रहेकोमा दुई हजार १८५ र भरतपुरसम्म दुई हजार ३५ कायम रहेकोमा एक हजार ८२० लागू हुने भएको छ ।
त्यस्तै, काठमाडौँदेखि पोखरासम्म तीन हजार १५ कायम रहेकोमा दुई हजार ६९५, भैरहवासम्म तीन हजार ९१० कायम रहेकोमा तीन हजार पाँच सय, नेपालगञ्जसम्म ६ हजार १९५ कायम रहेकोमा पाँच हजार ५४०, तुम्लिङटारसम्म तीन हजार ५०५ कायम रहेकोमा तीन हजार १३५, सिमरासम्म एक हजार ७१० कायम रहेकोमा एक हजार ५३०, सुर्खेतसम्म छ हजार ५६५ कायम रहेकोमा पाँच हजार ८७५ र राजविराजसम्म तीन हजार ८८५ कायम रहेकोमा तीन हजार ४७४ लागू हुनेछ ।
FACEBOOK COMMENTS