काठमाडौं । इन्द्रेणी कम्प्लेक्सु को पार्किङ्गमा बिष्फोटक पदार्थ राखी फरार रहेका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०६८ साल वैशाख १३ गते मध्यान्न साढे १२ बजे काठमाडौंको बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई फोन मार्फत फिरौती रकम माग गरेको र सो रकम नदिएमा निजको घर र निजको व्यापारिक भवन इन्द्रेणी कम्प्लेक्स समेत बिष्फोट गर्ने धम्की दिएर फरा रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उक्त कार्यक्रमा संलग्न ललितपुर जिल्ला साविक चापागाऊँ जाविस, हाल गोदावरी नगरपालिका-१० का ३३ बर्षिय महेश केसी खत्रीलाई गरिएको हो ।
मैनालीका अनुसार केसी फिरौती रकम नपाएपछि धम्की दिएको र इन्द्रेणी कम्प्लेक्स को तल्लो बेसमेन्ट पार्किङ्गमा बिष्फोटक पदार्थ राखेर फरार रहेका थिए ।
उक्त समयमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरेपश्चात नेपाली सेनाको टोली घटनास्थलमा आई उक्त बिष्फोटक पदार्थलाई डिस्पोज गरेको थियो ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट घटनाको सम्बन्धमा ‘विष्फोटक पदार्थ ऐन’ कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धारत रहेको अवस्थामा घटनामा संलग्न रही सोहि मितिबाट फरार व्यक्तिकोे पहिचान तथा खोजतलास गर्ने क्रममा प्रतिवादी मध्येका खत्रीलाई पुस २५ गते पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरसमेतको समन्वयमा जिल्ला ललितपुर गोदावारी नगरपालिका-१० बाट पक्राउ गरिएको हो । खत्री उपर विष्फोटक पदार्थ ऐन कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँ वानेश्वरबाट थप अनुसन्धान भइरहेको मैनालीले बताए ।
FACEBOOK COMMENTS