काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक र व्यवसायीहरुले समयअनुसार कुरा फेर्ने गरेको बताएका छन्।
उनले साढे २ वर्षको अवधिमा वित्तीय क्षेत्रले तरलताको संकट र फालाफालको दुवै अवस्था व्यहोरेको भन्दै नेपालले व्यवसायी र बैंकर दुवैले परिस्थिती अनुकुल कुरा मात्रै गरिरहेको बताए।
बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरे पनि व्यवसायीले नलगेको उनले बताए।
नेपाल आर्थिक पत्रकार समाजले गरेको कार्यक्रममा उनले ‘अब अहिले आएर अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गरिरहेका छन्’ ।
उनले बैंकरले पनि पैसा बढि हुदा अर्थमन्त्रीलाई पैसा किन्दिन भनेर गुहार मागेका बताए। अहिले भने अभाव भयो भनेर गुनासो मात्र गरिरहेको बताए ।
FACEBOOK COMMENTS