काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा ६१.३६ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा १ अर्ब ८ करोड ६७ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको ६ महिनामा बैंकले १ अर्ब ५ लाख ५४ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
चालु आवको ६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायत धेरै सूचकमा सुधार देखिएको छ । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशतले बढेर २ अर्ब ८४ करोड ६० लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा ६१.९१ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ। ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६३ करोड २० लाख ३१ हजार रुपैयाँ रहेको छ ।
बैंकले यो अवधिमा १ खर्ब २ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेकामा ८१ अर्ब ३ करोड ६७ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
FACEBOOK COMMENTS