काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले राष्ट्र बैंकका केही नीतिका कारण अटोमोबाइल व्यवसायीहरु व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको गुनासो गरेको छन् ।
मंगलबार अर्थमन्त्रीसँगको भेटमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले राष्ट्र बैंकका केही नीतिका कारण अटोमोबाइल व्यवसायीहरु व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था अझै कायमै रहेको दुखेसो व्यक्त गरे । जसका कारण लाखौंको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी समेत गुमाइरहेको दाबी गरे ।
नाडाका अध्यक्ष ध्रुव थापाले नेपालका भन्सार नाकाहरुमा ६ महिनादेखि करिब ३ हजार सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था रहेको उल्लेख गरे । उनले सो समस्या समाधानका लागि अर्थमन्त्रीसमक्ष पहल गर्न आग्रह गरे । छलफलमा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउन मागसमेत गरे ।
FACEBOOK COMMENTS