काठमाडौं । सेयर बजारमा बुधवार नेप्से सूचकमा सामान्य अंककाे गिरावट आएको छ ।
आज नेप्से सूचक ७.१३ अंकले घट्दा दुई हजार एक सय ७० दशमलव २१ विन्दुमा बन्द भएको हो ।
मंगलबार नेप्से ७६.६४ अंकले बढ्दा दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको थियो । सो वृद्धिको गतिले निरन्तरता पाउने अपेक्षा विपरीत आज नेप्सेमा गिरावट देखिएको हो।
बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा तीन अर्ब ६९ करोड १९ लाख बराबरको कारोबार भएको छ । अघिल्लो दिन पनि ३ अर्ब माथिको कारोबार भएको थियो। आज कारोबार भएका कम्पनीमध्ये ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४२ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मुल्यमा भने कुनै परिवर्तन आएको छैन।
नेप्सेका अनुसार बुधवार कुनै पनि कम्पनीको शेयर मुल्यमा उच्च वृद्धि भएको छैन । त्यसै गरी कुनै कम्पनीको शेयरमा उच्च गिरावट समेत छैन। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनीको भएको छ । यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS