एजेन्सी । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।
अधिकारीहरुका अनुसार बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ । दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ ।
बिहीबार बिहानसम्म टर्कीमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीको विपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ ।
भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीएमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।
यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
FACEBOOK COMMENTS