काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार करिब ६१ अंकको गिरावट आएको नेप्सेमा आज १६.४० प्रतिशतले घटेको हो ।
मंगलबार बजार परिसूचक नेप्से ०.७७ प्रतिशतले गिरावट हुँदा २१०५.४६ अंकमा बन्द भएको छ । आज उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट आएको छ । उत्पादनमूलक उपसूचकमा भने ०.३१ प्रतिशतले वृद्धि भएको छ । यस्तै, लगानी उपसूचक १.०२ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशतभन्दा कमको गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेर २ अर्बबाट तल झरेको छ । मंगलबार नेप्सेमा कुल एक अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक ७ करोड ७५ लाख ६५ हजारको कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको ७ करोड ७४ लाख २० हजार र एनआईसी एशिया बैंकको ६ करोड ९० लाख ७० हजारको कारोबार भएको छ ।
FACEBOOK COMMENTS