काठमाडौँ । ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आईएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत् राखेको छ।
टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो।
यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ।
भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडी बढनेमा सहमत देखिएको छ ।
आमसेवाग्राहीहरूले दुई हजार रिर्चाज गर्दा एक सय, एक हजार गर्दा पचास र एक सय गर्दा पाँच क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशतसम्म प्राप्त हुने कम्पनीले जनाएकाे छ ।
यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको छ ।
FACEBOOK COMMENTS