काठमाडौं। मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
बजारमा देखिएको तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले दुई करोड रुपैयाँसम्मको कर्जा दिने योजना ल्याएको जनाएको छ।
यस योजनाअन्तर्गत कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले बैंकको जुनसुकै शाखा कार्यालयहरुमा सम्पर्क राखेमा तीन दिनभित्रै कर्जा उपलब्ध गराइने पनि बताइएको छ ।
बैंकले २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु कागजात पूरा गरेको तीन दिनमै दिने जनाएको छ।
FACEBOOK COMMENTS