काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनी १ः१ अनुपातमा मर्ज हुने भएको छ ।
माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता भएको थियो । पहिलो चरणको सम्झौता पछि डिडिए गरिएको थियो । डिडिएको रिपोर्टले १ः१ स्वाप रेसियो अनुपातमा मर्जरमा जान सुझाव दिएको छ । अन्तिम सम्झौता दुवै कम्पनीले विशेष साधारण सभामार्फतबाट पारित भएपछि एकीकृत कारोबार हुनेछ ।
मर्जरपछि कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत सीईओमा आइएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् भने अध्यक्षमा हेमराज ढकाल हुनेछन् । कम्पनीको नाम आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी हुनेछ ।
FACEBOOK COMMENTS