काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार वैशाख १५ गते पोखरामा हुनेछ ।
सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष ०७८ र ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित ०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष ०७८र०७९ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने तयारी छ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS