काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि छुट्याइएको रकम नारायणी नदी व्यवस्थापन र सुनकोशी मरिन डाइभर्सनका लागि रकमान्तर गरेको छ ।
अर्थ मन्त्रालयले बुढीगण्डकीको ४० करोड रुपैयाँ नारायणी नदी व्यवस्थापन आयोजना, चितवनको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माण गर्न रकमान्तर गरेको हाे ।
बुढीगण्डकीकै १ अर्ब बजेट सुनकोशी मरिन डाइभर्सनको सिन्धुली सुरुङ निर्माणको लागि दिएको छ । यो सँगै बुढी गण्डकीको १ अर्ब ४० करोड रुपैयाँ बजेट कटौती भएको छ ।
यस्तै उत्तरदक्षिण राजमार्गको १० करोड रुपैयाँ बजेट पनि कटौती गर्दै मदन भण्डारी राजमार्गलाई रकमान्तर गरेको छ । यस्तै प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नती कार्यक्रम अन्र्तगतको १५ करोड रुपैयाँ कटौती गर्दै सुर्य विनायक धुलिखेल र कोटेश्वर बानेश्वर र त्रिपुरेश्वर सडकको लागि रकमान्तर भएको छ ।
फागुन मसान्तसम्म अर्थमन्त्रालयले १ अर्ब ६५ करोड रुपैयाँ रकमान्तर गरेको अर्थमन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS