काठमाडौं । मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धनका दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्ष बिना टुंगिएको छ । कांग्रेसका नेता रमेश लेखकका अनुसार बुधबारको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे सहमति नजुटेको बताए ।
सरकार विस्तारमा सहमति जुटाउन अर्को बैठक आवश्यकताअनुसार बस्ने उनको भनाइ छ । कांग्रेसले १० मन्त्रालयको दाबी गरेको छ भने एकीकृत समाजवादी र जसपाले ३ मन्त्रालय पाउनु पर्ने अडान राखेको छ ।
गठबन्धनमा सम्बद्ध साना पार्टीलाई पनि समेटेर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० गतेसम्म सरकार पुनर्गठन गर्ने बताउँदै आएका छन् ।
FACEBOOK COMMENTS