काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी मन्त्रिपरिषद् विस्तार हुँदा १ मन्त्रालय पाउने भएको छ।
लोसपाका नेताहरूका अनुसार सत्ता गठबन्धनको भागबन्डामा लोसपाले श्रम मन्त्रालय पाएको छ।
‘हामीले शरतसिंह भण्डारीलाई पठाउने तयारी गरेका छौं,’ लोसपाका एक कार्यकारिणी सदस्यले भने।
भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित भएका थिए।
दलहरूबीच आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। नयाँ मन्त्रीहरूको बिहीबार साँझ नै शपथ हुने सम्भावना छ।
FACEBOOK COMMENTS