काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेष्डो लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा हस्तक्षेप गरेको छ ।
कम्पनीले सेयर धनीहरूका लागि बोनस सेयर र नगद लाभांश गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा केन्द्रीय बैंकले अधिकतम १७.९३ प्रतिशत मात्र लाभांश वितरणको स्वीकृति दिएको हो ।
राष्ट्र बैंकले सोमबार कम्पनीलाई पत्र पठाउँदै बोनस सेयर र नगद लाभांश गरी १७.९३ प्रतिशत मात्र बाँड्न निर्देशन गरेको छ ।
कम्पनीले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
यद्दपि, राष्ट्र बैंकको निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS