काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा नाफा २२.९६ प्रतिशतले बढाएको छ ।
चैत मसान्तसम्म बैंकको नाफा ३ अर्ब ४ करोड ६१ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ९६ लाख ५६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ५५.८६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड १२ लाख ७४ हजार रुपेयाँ पुगेको छ ।
३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड ६५ लाख ३४ हजार रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ८८ पैसा रहेको छ । बैंकको खराब कर्जा २.२० प्रतिशतबाट बढेर ३.९४ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS