काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८.३२ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २१.९८ प्रतिशतले बढेर १ अर्ब ३८ कोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड रुपैयाँ थियो ।
बैंकको खराब कर्जा १.६९ प्रतिशतबाट बढेर ३.७६ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्य मुनाफा १८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
बैंकले ४५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ४५ र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ६७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS