काठमाडौं । सिद्धार्थ बैंक वितरण योग्य मुनाफा ४५ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक गर्दै निष्क्रिय कर्जा १.१२ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेपछि बैंकको इम्पेरमेन्ट चार्ज ४२ करोड रुपैयाँबाट बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ १० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २८ पैसा रहेको छ।
FACEBOOK COMMENTS