काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स २३ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा बीमाशुल्क नविकरण गर्दा ‘क्यास व्याक अफर’ सार्वजनिक गरेकाे छ ।
कम्पनीले बीमाशुल्क नविकरणका लागि भुक्तानी सेवा प्रदायक ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पेसंग सम्झौता गरेको हाे ।
कम्पनीका ग्राहकले घरै बसी-बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुने बताए ।
आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्ने कम्पनीले जनाएकाे छ ।
२०५८ मा स्थापित कम्पनीकाे हाल देशभर गरि करिब १ सय ९२ कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
FACEBOOK COMMENTS