काठमाडौं, पुस ४- यूनियन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा आज सम्पन्न भएको छ ।
कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.ब.२०७४/०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनकालागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ । आइपिओ निष्काशनकालागि यस अघि भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गरिसकेको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी पहँुच कायम गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS