काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि उच्च अंकको रेकर्ड राखेको छ।
साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) तोलामा १ हजार २०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च अंकमा पुगेको हो।
सुनको मूल्यलले यसअघि गत चैत २२ गते रेकर्ड राखेको थियो। चैत २२ गते छापावाल सुनको मूल्य १ लाख ११ हजार र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ पुगेको थियो।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको छ।
यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।
FACEBOOK COMMENTS