काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८१ पैसा र बिक्री दर १४४ रूपैयाँ ४६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २८ पैसा र बिक्री दर १६६ रूपैयाँ ४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको छ।
FACEBOOK COMMENTS