काठमाडौँ। कोभिड–१९ को महामारी र विश्वमा विकसित विभिन्न राजनीतिक आर्थिक परिघटनाको कारण नेपालको अर्थतन्त्रमा समेत गम्भिर नकारात्मक असरहरु देखा परिरहेको छ। यतीबेला अर्थतन्त्रको बारेमा ब्यापक चिन्ता र चासो बढिरहेको छ।
यस प्रकारको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारका मातहतका निकाय, विकास साझेदार संस्थाहरु, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरु एक भई आर्थिक गतिविधिलाई तिब्र बनाउन र सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु सबैको मुख्य आवश्यकता बनेकोे छ।
यस्तै खाले विषम परिस्थिती र समयलाई ध्यानमा राख्दै आगामी जेठ २ गतेका मगंलबार काठमाडौंको सोल्टी होटमा बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना हुने भएको छ।
बैंकिङ समाचारद्धारा आयोजना गरिने उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नेछन।
किन द नेशनल बैंकिङ्ग डिस्कोर्श कार्यक्रम?
विशिष्ट अतिथिहरु, आधिकारिक व्यक्तित्वहरु, बिषयगत विज्ञहरुको उपस्थितिकाबीच ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा वर्तमान आर्थिक अवस्थाको विषयमा चरणबद्ध परिसंवाद गरिने बताइएको छ।
यसले हालको अभुतपूर्व समस्याहरुलाई चिर्दै नयाँ समाधानको खोजी, बैंकिङ्ग क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, तर्क र तथ्य सहितका जवाफहरु पैदा गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा ४ वटा फरक–फरक शिर्षकमा बृहत संवाद गरिने बताइएको छ। सत्रहरुको पहिलो संस्करणमा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा विषयमा गहन बिमर्श हुनेछ।
दोस्रोमा वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, तेस्रोमा रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य र चौथो संस्करणमा दिगो अनी समावेशी बिकासका लागि अह्म बित्तिय साक्षरताको अपरिहार्यता र स्थितीहरुको मूल विषयवस्तुमा गम्भीररुपमा छलफल हुने बताइएको छ।
सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवंम बैंकिङ्ग अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार–विमर्श हुनेछ।
हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा संकुचन आई उत्पादन प्रभावित भएको जस्ता समस्या समाधानका विषयमा समेत सरोकारवालाहरुले विशेष प्रस्तुती दिनेछन्।
चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसारको राजस्व संकलन नभएको, पूजीगत खर्च अपेक्षित नसकिरहेको र राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव जस्ता विषयहरुमा पनि चिरफार हुने जनाइएको छ।
FACEBOOK COMMENTS