काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच आज मर्जर सम्झौता हुने भएको छ । गत पुषको अन्तिम साता प्रारम्भिक सम्झौता गरेका यी दुई बैंकबीच आज मर्जर सम्झौता हुन लागेको हो ।
लक्ष्मी बैंकका एक सञ्चालकका अनुसार यी दुई बैंकबीच मर्जरमा जाने सम्बन्धी आज दिउँसो सम्झौता हुने भएको हो । एकिकृत कारोबार आगामी असार मसान्तभित्रमा गर्ने तयारी रहेको छ । बैंकको स्वाप रेसिया १ः१ हुनेगरि सम्झौता हुन लागेको छ ।
लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । लक्ष्मी सनराइज बैंकको नाममा आगामी असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी सहमति जुटेपछि आज (सोमबार) दिउँसो ३ बजे मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।
मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन गरिएको थियो । जसमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका थिए ।
FACEBOOK COMMENTS