काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष शिक्षा भट्टचनले सपथ ग्रहण गरेकीछन् । उनलाई गत जेठ २६ गते भएको साधारणसभाले कम्पनीको अध्यक्षमा उनलाई निर्वाचित गरेको हो ।
उनले आज नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण गरेकी छन् । नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको सपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यू, कार्यकारी निर्देशक श्री राजु रमण पौडेलज्यू, प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यू, नायव प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रासद लामिछानेज्यू लगायतको उपस्थिति रहेको थियो ।
संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष भट्टचनसहित चार जना सञ्चालक निर्वाचित गरिएको हो ।
अध्यक्ष भट्टचनका साथै सदस्यहरू सुशान शेचरन, मिजास भट्टचन र श्याम कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । शिक्षा देवीप्रकाश भट्टचनको छोरी हुन् ।
उनी यसअघि प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य थिइन् ।
FACEBOOK COMMENTS