काठमाडौं । रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा ११ लाख ८५ हजार २०६ जना आवेदकले १ करोड २९ लाख ८६ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । १० लाख ७७ हजार ७४० जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको हो ।
जसमध्ये ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले शेयर पाएका छन् । तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता शेयर पाएका हुन । कम्पनीले जेठ १८ गते देखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS